कोठा भाडा १४ सय रुपैयाँका लागि पाल्पामा घरबेटीद्वारा डेरावालको हत्या

कोठा भाडा १४ सय रुपैयाँका लागि पाल्पामा घरबेटीद्वारा डेरावालको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ माघ २०८१
  • 6.3K
    Shares

जिल्ला प्रहरी कार्यालय पाल्पा

पोखरा, २६ माघ २०८१ ।

कोठा भाडा बापतको जम्मा १४ सय रुपैयाँका लागि पाल्पामा एक जना घरबेटीले आफ्नै घरमा भाडामा बस्ने डेरावालको हत्या गरिदिएका छन्।

तानसेन नगरपालिका–११ का घरबेटी ३१ वर्षीय माधव बिष्टले कोठा भाडा बापतको जम्मा १४ सय रुपैयाँका लागि आफ्नै घरमा भाडामा बस्दै आएका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको बुधबार हत्या गरिदिएका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले दिएक्जो जानकारी अनुसार , मासिक पांचसय रुपैयाँ कोठाभाडा दिने गरी बुढाथोकी विष्टको घरमा बस्दै आएका थिए । घरभाडा बापतको १४ सय पुगिसक्दा पनि नदिएको भन्दै बिष्टको बुढाथोकीसंग बिबाद भएको थियो। सोही क्रममा मादक पदार्थ सेवन गरेका बिष्टले बुढाथोकीलाइ हसियाँले हानेर हत्या गरेको डिएसपी मल्लले जानकारी दिए।

डेरावाल बुढाथोकीको हत्या गरेको आरोप लागेका बिष्टबिरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत पाल्पाबाट म्याद लिएर नुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार