कैलालीमा आमा-छोरी मृत भेटिए

कैलालीमा आमा-छोरी मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ माघ २०८१
  • 5.8K
    Shares

पोखरा, २५ माघ २०८१ ।

कैलालीमा आमा-छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका- ११ गोठानमा बिहीबार साँझ आमा-छोरी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक कबिन्द्र सिंह बाेहराका अनुसार मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेकी छन । उनीहरु दुवै जना बिहीबार राति घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मृतक मिराका सहोदर देबर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार