पोखरा, २५ माघ २०८१ ।
झापाबाट काठमाडौं जादै गरेको इभि गाडि बिपि राजमार्ग अन्तर्गत सिन्धुलीगढी नजिकै दुर्घटनाग्रस्त हुदा चालकको मृत्यु भएको छ भने अन्य पांच जना घाइत्ते भएका छन्।
झापाबाट काठमाडौं जादै गरेको बागमति प्रदेश ०१०३० च ९६४२ नम्बरको इभि गाडि आज (शुक्रबार) बिहान ४ बजे बिपि राजमार्ग अन्तर्गत गोलन्जोर गाउपालिका ५ खनियखर्क र सिन्धुलीगढी बिचमा दुर्घटनाग्रस्त हुँदा चालक २६ वर्षीय सुसान्त नेपालीको मृत्यु भएको हो।
सडकबाट तीनसय मिटर तल खसेर भएको उक्त दुर्घटनामा घाइते भएका चालक नेपालीको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ५ जना घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाकि रहेको पनि प्रहरीले जानकारी दिएको छ ।