धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा बिरामीका कुरुवा मृत भेटिए

धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा बिरामीका कुरुवा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ माघ २०८१
  • 3.9K
    Shares

नोभा अस्पताल , धनगढी

काठमाडौं, २४ माघ २०८१ ।

कैलाली सदरमुकाम धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा एक जना बिरामीका कुरुवा मृत भेटिएका छन्।

कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रवीन्द्र राना नोभा हस्पिटलको शौचालयमा मृत भेटिएका हुन्।

राना बुधवार राति २ बजेतिर अस्पतालको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिएका छन् ।

१७ महिनाको भतिजा दिभान रानालाई उपचार गर्न आएका र आफै कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार