कुमारी सहकारी ठगी प्रकरण : जिसस म्याग्दी प्रमुखसहित पांच जना पक्राउ

कुमारी सहकारी ठगी प्रकरण : जिसस म्याग्दी प्रमुखसहित पांच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ माघ २०८१
  • 7K
    Shares

कुमारी सहकारी, बेनी म्याग्दी

पोखरा , २१ माघ २०८१ ।

म्याग्दी सदरमुकाम बेनीस्थित कुमारी सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरिले जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहित पांच जना आइतबार पक्राउ परेका छन्।

उक्त सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा सहकारीका संस्थापक सचिव समेत रहेका जिसस प्रमुख थापाका साथमा पूर्वऋण समितिका संयोजक रघुगंगा गाउाँपालिका ५ झिँका मनप्रसाद थजाली, पूर्वअध्यक्ष अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका थमबहादुर गर्बुजा, र्वसचिवबेनी नगरपालिका–१ रत्नेचौरकी देवि कुमारी थापा र पूर्वव्यवस्थापक पर्वत जलजला गाउँपालिका लेकफाँटका रुद्र बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले दिएको जानकारी अनुसार ,
उनीहरु माथि रघुगंगा गाउाँपालिका ५ झिँका मन प्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका थम बहादुर गर्बुजा, बेनी नगरपालिका–१ रत्नेचौरकी देवि कुमारी थापालाई पक्राउ गरेको हो । सहकारी रजिष्टारको कार्यालय पोखराको पत्रमा जाहेरीका आधारमा बचत कर्ताका बचत रकम हिनामिना गरेको आरोपमा सहकारी ऐन, २०७४ अन्तर्गत परिभाषित कससरमा अनुसन्धान तता तहकिकातको सिलसिलामा सहकारीका संस्थाका व्यवस्थापक संचालक समितिका पदाधिकारीलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई जिल्ला अदालत म्याग्दीबाट पक्राउ पुर्जी जारी भई नियन्त्रणमा समेत लिईएको छ । सहकारीमा रहेको सर्वसाधारणको बचत रकम तत्कालीन सहकारीका सञ्चालकहरुले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोकाले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर सहकारी रकम छानविनका लागि समेत माग गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार