तनहूँमा ट्रिपरले कार र मोटरसाइकललाई ठक्कर दियो : पोखराकी अप्सराको मृत्यु , छोरा घाइते

तनहूँमा ट्रिपरले कार र मोटरसाइकललाई ठक्कर दियो : पोखराकी अप्सराको मृत्यु , छोरा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ माघ २०८१
  • 15.6K
    Shares

पोखरा , २१ माघ २०८१ ।

तनहुँमा आइतबार साँझ ट्रिपर र स्कुटर ठोक्किंदा पोखराकी एक महिलाको मृत्यु भएको छ भने उनका छोरा घाइते भएका छन्।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ त ५८९६ नम्बरको ट्रिपरले पृथ्वीराजमार्ग अन्तर्गत शुक्लागण्डकी–७ सेरामा ऐअतबार साँझ विपरित दिशाबाट आउदै गरेको प्रदेश ३–०१०२२ च ६७७८ नम्बरको कार र ग ४ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिंदा पोखराकी एक महिलाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर स्कुटर चालक पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । सोही दुर्घटनामा परेर स्कुटर चालक अप्सरा क्षेत्रीको २१ वर्षीय छोरा दिपेशकुमार क्षेत्री सामान्य घाइते भएको प्राप्त जानकारीम उल्लेख छ।

कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेल पनि सामान्य घाइते भएका छन् । जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् उनी डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनापश्चात आअबश्यक अनुसन्धानका लागि ट्रिपरचालक ४० वर्षिय प्रकाश गुरुङ इलाका प्रहरी बेलौताराको नियन्त्रणमा रहेको प्रनि थापाले बताए । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार