पोखरा , १७ माघ २०८१।
काम लगाइदिने भन्दै जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना छद्म साधूलाई पक्राउ गरेको छ।
मोरङ घर भएकी एक किशोरीलाई इटहरीमा काम लगाइदिने भन्दै करणी गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका वडा नंम्बर ७ का जागेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय इटहरीमा परेको उजुरी र इटहरी प्रहरीको पक्राउ गरिदिनु भन्ने पत्रका आधारमा पक्राउ गरेर इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।