डोल्पामा आगलागी हुँदा ७५ वर्षीया बृद्धाको जलेर मृत्यु

डोल्पामा आगलागी हुँदा ७५ वर्षीया बृद्धाको जलेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ माघ २०८१
  • 4K
    Shares

पोखरा , १६ माघ २०८१।

डोल्पामा आज बिहान आगलागी हुँदा ७५ वर्षीया बृद्धाको मृत्यु भएको छ।

जिल्लाको मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा घरभित्र सुतिरहेकी ७५ वर्षीया बादी सार्कीको जलेर मृत्यु भएको हो। आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको छ।

मुड्केचुला-४ का वडाध्यक्ष कृतिबहादुर बुढाले दिएक्जो जानकारी अनुसार , ज्वाइँ र छोरी खेत गएको बेला वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको निधन भएको हो।

आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलतर्फ आउन लागेको जनाउँदै वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार