दिउँसै सामुदायिक वनमा सल्लोको रुख कटानी : गोरखाबाट समातिए ट्याक्टर चालक सहित दुई जना

दिउँसै सामुदायिक वनमा सल्लोको रुख कटानी : गोरखाबाट समातिए ट्याक्टर चालक सहित दुई जना


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ माघ २०८१
  • 4.1K
    Shares

गोरखामा समातिएको अबैध काठ

पोखरा , १६ माघ २०८१।

दिउँसै सामुदायिक वनमा अवैध तरीकाले सल्लोको रुख कटानी गरिरहेको अवस्थामा गोरखाबाट प्रहरीले ट्याक्टर तथा त्यसको चालकसहित दुई जनालाई पक्राउ गरेको छ।

गोरखा सदरमुकाम नजिकै रहेको गोरखा नगरपालिका–८ थाकलडाँडास्थित सामुदायिक बनमा अबैध तरीकाले सल्लोको रुख कटानी गरिरहेको अवस्थामा प्रहरीले ग. १ त ४५४४ नम्बरको ट्याक्टर र त्यसको चालकसहित दुई जनालाई पक्राउ गरेको हो।

ट्याक्टर चालक गोरखा नगरपालिका–९ बस्ने बर्ष २० को सुजन सिर्मल र काठ लैजाने व्यक्ति गोरखा नगरपालिका–८ का ६१ वर्षीय सुकमान सार्कीलाई सामुदायिक वनमा अवैध तरीकाले सल्लोको रुख कटानी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरिक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिए।

सूचना अधिकारी शर्माले दिएको जानकारी अनुसार, मंगलबार दिउसो १ बजे नियन्त्रणमा लिएको ट्याक्टर, काठ र पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारवाहीको लागि प्रहरीले डिभिजन बन कार्यालय गोरखालाई बुझाइएको छ।

यता डिभिजन बन कार्यालय गोरखाका डिभिजन बन कार्यालयका कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बरामद भएको १२ थान गोलियाँ मध्ये ११ थान सल्लो भएको र १ थान बकाइनो भएको पुष्टी गरे ।

उनका अनुसार प्रहरीले हिजै न्यायिक जाँचकालागी कार्यालयमा बुझाएका दुवै जनालाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार