खाल्टो खनि ड्रम भित्र प्लाष्टिकले प्याक गरी राखेको अवस्थामा ३९ किलो गाँजा भेटियो : घरधनी महिला पक्राउ

खाल्टो खनि ड्रम भित्र प्लाष्टिकले प्याक गरी राखेको अवस्थामा ३९ किलो गाँजा भेटियो : घरधनी महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ माघ २०८१
  • 8.8K
    Shares

पोखरा , १६ माघ २०८१।

सुनसरीमा खाल्टो खनि ड्रम भित्र प्लाष्टिकले प्याक गरी राखेको अवस्थामा ठुलो मात्रामा गाँजा भेटिएपछि घरधनी महिला पक्राउ परेकी छिन्।

जिल्लाको देवानगंज गाउँपालिका वडा नं. ३ स्थित अर्बिन कुमार यादवको घरमा खाल्टो खनि ड्रम भित्र प्लाष्टिकले प्याक गरी राखेको ३९ के.जि. दुईसय ९० ग्राम गाँजा भेटिए पछि प्रहरीले अर्बिन कुमारकि श्रीमती श्रीमति सोनी कुमारी यादवलाई पक्राउ गरेको हो।

पक्राउ परेकी सोनी कुमारी यादवबिरुद्ध लागू औषध सम्बन्धि कसुरमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार