सिन्धुलीको चुरेपाखो भीरबाट बस खस्यो

सिन्धुलीको चुरेपाखो भीरबाट बस खस्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ माघ २०८१
  • 4.1K
    Shares

पोखरा , १६ माघ २०८१।

सर्लाहीको लालबन्दी बजारबाट सिन्धुलीको मरिणका लागि छुटेको एक यात्रुबाहक बस मङ्गलबार साँझ दुर्घटनाग्रस्त भएको छ ।

सर्लाही र सिन्धुलीको सिमाना (पानी ढलो) नजिक लालबन्दी नगरपालिका–१५, चुरे भन्ने स्थानमा बा २ ख ६४३३ नम्बरको काल्तान ट्राभल्सको बस दुर्घटनामा परेको हो । बस चुरेपाखो भीरबाट करिव १० फिट तल कालिन्जोर खोला किनारमा खस्दा बसका चालक तथा बसधनी लालबन्दी नगरपालिका–१३, पत्थरकोटका ३६ वर्षीय चन्द्रबहादुर काल्तान घाइते भएका छन् । उक्त बसमा स्वर ११ जना यात्रुलाई पहिले नै ओरालेर बस उकालो चढाउन खोज्दा अनियन्त्रित भएर खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीले विपरीत दिशाबाट आउँदै गरेको अर्को बसलाई उकालोमा साइड दिनेक्रममा लालबन्दीबाट यात्रु बोकेर गएको बस भीरबाट तल खसेको बताएका छन् । लालबन्दी बजारबाट सर्लाहीको उत्तरी चुरेभेगका विकट बस्ती तथा सिन्धुलीको मरिणसम्म खोलाको बगर तथा चुरेपाखामा खनिएको कच्ची पाखाको बाटोमा यात्रुबाहक बस जोखिमपूर्ण हिसाबले सञ्चालन हुने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार