अछाममा फुपू – भदै मृत्यु प्रकरण : दुई जनाविरुद्ध प्रहरीमा पर्यो किटानी जाहेरी

अछाममा फुपू – भदै मृत्यु प्रकरण : दुई जनाविरुद्ध प्रहरीमा पर्यो किटानी जाहेरी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ माघ २०८१
  • 4.4K
    Shares

अछामको सिस्ने ओढारमा मृत भेटिएका १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्का

पोखरा, १५ माघ २०८१ ।

अछामको दुई किशोरी मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ। ढकारी गाउँपालिका ८ की १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्काको हत्या भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दिएका हुन्।

मृतकका परिवारका सदस्य अवि खड्काले हाल जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा रहेका १७ वर्षीय चक्र बुढा र १५ वर्षीय कमल बुढाबिरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीसंगको प्रारम्भिक बयानका क्रममा उनीहरूले जङ्गलमा शव फेला परेको घटनाको स्वीकारोक्ति दिएका छन्।

यसैबीच उक्त शंकास्पदु मृत्युको अनुसन्धान गर्न अछाम प्रहरीले थप विशेषज्ञ जनशक्ति मगाएको छ । यसअघि घटनास्थलमा तालिम प्राप्त कुकुरलाई ल्याएर अनुसन्धान शुरु गरेको प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट प्राविधिक अनुसन्धान गर्नलाई विशेषज्ञ टोली बोलाइएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए ।

डिएसपी भण्डारीका अनुसार, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि अछाम आउने सम्भावना छ । ‘सीआईबीसँग पनि नजिकबाट सहकार्य गरेर काम गरिरहेका छौँ । टोली अछाम आउने विषयमा कुरा भइरहेको छ । प्रदेशबाट पनि प्राविधिक अनुसन्धान गर्न विज्ञहरू नपुग्न सक्छ । अन्सुन्धानका हरेक विषयलाई सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी प्रमुख भण्डारीले भने ,‘मोबाइलको अनुसन्धान र अन्य प्राविधिक कुराले घटनाको यर्थाथतालाई बताउने भएकाले एक्सपर्ट आवश्यक भयो ।’

किशोरी मृत्युको घटनामा अहिलेसम्म अछाम प्रहरीले ११ वर्षदेखि ४० वर्षसम्मका ५ जनालाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले बताए । ढकारी गाउँपालिका–८ की एक किशोरीले शुक्रबार दिउँसो करिब २ बजेको समयमा शव भेटिएको विपरीत डाँडाबाट ५ जनाले ढुंगा खसाल्दै गरेको देखेपछि अनुसन्धान त्यसतर्फ मोडिएको छ । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव १५ मिटरको दुरीमा रहेको थियो । घटनास्थलबाट करिब ५ सय मिटरमाथि रक्ताम्मे ठाउँ देखिएको स्थानीयले प्रहरीलाई जानकारी

शुक्रबार ढकारी गाउँपालिकामा मृत भेटिएका किशोरीहरूको पोस्टमार्टम भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा गरिएको छ र स्वाब सङ्कलन गरेर परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक टेकबहादुर देउवाको टोली घटनास्थलको वरिपरि अनुसन्धान गर्दैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार