पोखरा, १५ माघ २०८१ ।
लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजना युवाको घटनास्थलमै मृत्यु भएको छ ।
लमजुङको दोर्दी गाउँपालिका ५, पाचोकस्थित कैंची जंगलको कच्ची सडकमा १त ५२७६ नम्बरको ट्याक्टर मंगलबार बिहान ८ बजेतिर दुर्घटनाग्रस्त हुँदा एक युवाको घटनास्थलमै मृत्यु भएको हो ।
.
कैंची गाउँको कैंची डाँडाबाट काठदाउरा लिनको लागि चाँदी डाँडा जाँदै गरेको उक्त दुर्घटनामा परेर तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका अन्दाजी २७ वर्षिय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चालक नभएको बेला काठ व्यापारी आफैंले चलाएर लगेको उक्त ट्याक्टर घुम्तीमा दुर्घटनाग्रस्त भएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित जिल्ला अस्पताल ल्याइएको र उक्त दुर्घटना सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको जानकारी दिए ।