जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवा चौधरी भागे

जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवा चौधरी भागे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ माघ २०८१
  • 6.8K
    Shares

ईलाका प्रहरी कार्यालय सिमरा

बारा जिल्लास्थित जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट एक जना थुनुवा भागेका छन्। अभद्र व्यवहार मुद्दामा जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका सिमरा– २ निवासी महेश चौधरी हिरासतबाट भागेका हुन्।

फरार चौधरी गएको ९ गते पक्राउ परेको बारा प्रहरीले जानकारी दिएको छ । फोहोर फ्याल्न निकाल्दा अभियुक्त चौधरी भागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। हिरासत कक्षबाट थुनुवा कसरी फरार भयो , त्यसको अनुसन्धान गरिरहेको उनले बताए ।

फोहरको बाल्टीन फाली हिरासत कक्षको बाया साईडमा रहेको इमरजेन्सी गेटबाट चौधरी फरार भएका बताइएको छ। फरार थुनुवा चौधरीको खोछतलाश गर्न प्रहरी नायव उपरीक्षक वाइवाको नेतृत्वमा २५ जनाको टोली खटाइएको सापकोटाले जानकारी गराएका छन् ।

विस २०७८ माघ १ गते उदघाटन भएको नव निर्मित ईलाका प्रहरी कार्यालयको व्यवस्थित कार्यालयबाट थुनुवा फरार हुनु आफैंमा शंकास्पद रहेको छ । सिमराको बिच शहरमा रहेको प्रहरी चौकीबाट थुनुवा फरार हुनु प्रहरीमाथि प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार