माओवादी विद्रोहीले राखेको एम्बुसमा परी भारतमा शनिबार कम्तीमा ११ जना अर्धसैनिकको मृत्यु भएको छ । छत्तिसगढ राज्यको सुक्मा जंगल क्षेत्रमा भएको घटनामा परी अन्य तीन जना घाइते भएको उच्च प्रहरी अधिकारी आर के भिजले जानकारी दिनुभयो ।
विद्रोहीले अवरोध गरेको सडक खुलाउन जादा अर्धसैनिक बल माथि आक्रमण भएको थियो । झण्डै सय जना अर्धसैनिकहरु सडक खुलाउन त्यस तर्फ जाँदै गरेको प्रेस ट्रष्ट अफ ईन्डीयाले जनाएको छ ।
भारतको पूर्वी तथा मध्यभागमा माओवादी विद्रोहीहरु झण्डै तीन दशक देखि लड्दै आएका छन । भारत सरकारले यो विद्रोहलाई भारतको सवै भन्दा ठुलो सुरक्षा चुनौतीको रुपमा लिएको छ ।