उत्तर कोरियामाथि कारबाही गर्ने अमेरिकी संकेत

उत्तर कोरियामाथि कारबाही गर्ने अमेरिकी संकेत


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ फाल्गुन २०७३
  • 18.1K
    Shares

कोरियाली प्रायद्वीपमा उत्पन्न तनाव कम गर्ने विषयमा चीनले गरेको प्रस्तावलाई अस्वीकार गरेको छ । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रममाथि रोक लगाउन मनाउने सबै प्रयास असफल भइसकेको भन्दै दोस्रो विकल्प खोज्न जरुरी रहेको भन्दै कारबाही गर्ने संकेत गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मार्क टोनरले अमेरिका र दक्षिण कोरियाबीच चलिरहेको संयुक्त अभ्यास र रक्षा सहयोगलाई उत्तर कोरियाले अन्तर्राष्ट्रिय नियमको अवज्ञाका रुपमा लिन नसक्ने दाबी गरेका छन् । टोनरले भने, ‘प्योंगयांगको व्यवहार विवेकपूर्ण छैन र संसारलाई यो सम्झाउन जरुरी छ कि उत्तर कोरियाको परमाणु कार्यक्रम अमेरिका र उत्तर कोरियाको बारेमा मात्रै होइन, हरेक देशले हामी कसरी राम्रो जवाफ दिन सक्छौं भन्ने सोच्नु आवश्यक छ ।’

उनले उत्तर कोरियालाई वार्ताका लागि मनाउने दिशामा अहिलेसम्म गरिएका सर्वपक्षीय वार्ता र प्रतिबन्धको प्रयास समेत असफल भएको छ । यसका लागि उसलाई मनाउन नयाँ उपायको खोजी हुने उनको भनाई थियो ।

चीनले एक दिनअघिमात्रै उत्तर कोरिया र अमेरिकाबीच देखिएको सिधा टकरावबाट बच्नका लागि उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षणको कार्य रोक्न आग्रह गरेका थिए । उसले उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम रोक्न र अमेरिका र दक्षिण कोरियालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेका थिए । उनले उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमबाट क्षेत्रको सुरक्षा संकटलाई लिएर वास्तविक रुपले चिन्तित रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार