कारको ठक्करबाट रुपन्देहीमा एक जनाको मृत्यु

कारको ठक्करबाट रुपन्देहीमा एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ माघ २०७३
  • 8.6K
    Shares

रुपन्देही,१५ माघ ।

रुपन्देहीमा कारको ठक्करबाट एक जनाको ज्यान गएको छ । माइक्रो बस रोकेका बेलामा पिसाब गर्न निस्किएकी दाङ हेकुलीकी ६५ वर्षकी वेनमति बस्नेतलाई बा ११ च २९३० नम्बरको कारले रुपन्देहीको सालझण्डीमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते बस्नेतको लुम्विनी अञ्चल अस्पतालमा उपचारको क्रममा शुक्रबार राति ज्यान गएको हो ।

प्रतिक्रिया