पोखराको बुद्धचोकमा रहेको ब्रिटिश वेल्फेयर सेन्टरको कार्यालयमा चोरी गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने युवा नुवाकोट बिदुर नगरपालिका ३ बट्टार स्थायी घर भई हाल कास्की पोखरा मनपा १० बुद्दचोक बस्ने बर्ष २० को बिशाल तामाङ रहेका छन्।
अभियुक्त तामाङले कार्तिक ३ गते ब्रिटिश एकीकृत वेल्फेयर सेन्टरको कार्यालयमा चोरी गरेको आरोप प्रहरीले लागेको छ। अभियुक्त तामाङलाई वडा प्रहरी कार्यालय रामबजार पोखराको टोलीले पक्राउ गरेको बताइएको छ।
अभियुक्त तामाङले पोखरा १० बुद्दचोक स्थितमा रहेको बृटिश एकिकृत वेल्फेयर सेन्टर आर.एच.कास्कीमा ताला फोडी कोठा भित्र प्रवेश गरेर नगद रु १८ हजार , सामसुङ मोवाईल थान एक र चाँदीका सिक्री दुई थान चोरी गरेको वडा प्रहरी कार्यालय रामबजार पोखराले जानेको छ। अभियुक्त तामाङबिरुद्ध प्रहरीले कानूनी प्रक्रिया शुरु गरिसकेको प्राप्त समाचारमा जनाइएको छ।