आक्रोशित सुर्खेतबासीले सोमबार साँझदेखि सेनाको ब्यारेकतर्फ जाने बाटोमा सवारी साधन चल्न दिएका छैंनन।
सुर्खेतस्थित नेपाली सेनाको ट्रकले ठक्कर दिंदा स्थानीय एक महिलाको मृत्यु भएपछी आक्रोशित स्थानीय बासिन्दाले सोमबार साँझदेखि सेनाको ब्यारेकतर्फ जाने बाटोमा सवारी साधन चल्न दिएका छैंनन।
सुर्खेतको वीरेन्द्रनगर-१२ स्थित नेपाली सेनाको हवाई अड्डानजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले ठक्कर दिंदा सोमबार साँझ सुर्खेतको वीरेन्द्रनगर-१२ की ५० वर्षीया मनिकला सापकोटाको मृत्यु भएको हो। ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी घर्तीले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।
बजारबाट ब्यारेकभित्र जाँदै गरेको सेनाको ट्रकले सोमबार साँझ पौने ७ बजे सापकोटालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए। घटनापछि स्थानीय आन्दोलित बनेका छन्।