आमाछोरा मिलेर बागलुङमा श्रीमानको हत्या !

आमाछोरा मिलेर बागलुङमा श्रीमानको हत्या !


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ चैत्र २०७७
  • 5.4K
    Shares

बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ ।

जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यह चैत १ गते राति घरमा विवाद हुँदा आमाछोरा मिलेर ४० वर्षीय सार्कीलाई निर्घात कुटपिट गरेका थिए । कुटपीटबाट गम्भीर घाइते भएका सार्कीलाई उपचार नगराएर घरमै राखेको अवस्थामा उनको चैत ३ गते मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार, मदिरा सेवनका कारण घरायसी विवाद हुँदा आमाछोराले काठको आउलो प्रहार गरेर घाइते बनाएका थिए।  घाइते धनबहादुर सार्कीको मृत्यु भएपछी गाउँलेले हेर्दा  शरीरमा चोटपटक देखेपछि उनको हत्या भएको आशंका गाउँलेहरुले गरेका थिए।

आमाछोरा मिलेर हत्या गरेको भन्दै मृतकका दाजु ६० वर्षीय जुठे सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएपछि प्रहरीले मृतकका श्रीमती कुमारी सार्की र उनका छोरा अनिल सार्कीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले आमा-छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको बताइएको छ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार