पोखराबाट घरमा पार्किङ गरि राखेको एउटा निजी कार चोरी भएको छ।
पाेखरा महानगरपालिका वडा नम्बर ७ मासवारस्थित शालिकराम पन्तकाे घरमा पार्किङ गरि राखेको बा ५ च १६८४ नंवरकाे निजी कार गए राती चोरी भएको हो ।
आफ्नो निजी कार चोरी भएको बारे प्रहरीलाई जानकारी दिईसकेको कार मालिक पन्तले जानकारी दिए। साथै पन्तले उक्त गाडी कहीं कतै देखेमा नजिकैकाे प्रहरी चाैकीमा वा शालिकराम पन्तकाे माेवाईल नं ९८५६०१२२००मा खवर गरिदिनुहुन अनुराेध गरेका छन ।