आफूलाई राष्ट्रिय अनुसन्धानको उपअनुसन्धान निर्देशक (एसपी) बताएर ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। राष्ट्रिय अनुसन्धान बिभागको एसपी बताउने धादिङको त्रिपुरा सुन्दरी घरभएका ४५ वर्षीय बुद्धिप्रसाद पन्तलाई प्रहरीले बुधबार राति चितवनको खैरहनी नगरपालिका– ८ मा स्थित एक होटलबाट पक्राउ गरेको हो।
पन्तले आफु आफूलाई राष्ट्रिय अनुसन्धानको एसपी भएको बताउँदै स्थानीयसँग रकम उठाउने र विभिन्न काम गरिदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार उनी यसअघि राष्ट्रिय अनुसन्धानको सूचकका रुपमा रहेर काम गरेका व्यक्ति हुन् । काम छाडेर भागेका ती व्यक्ति ठगीमा लागेको बताइएको छ । पक्राउ परेका पन्तलाई म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।