विद्यालयमा चट्याङ पर्दा लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई शिक्षिकासहित नौजना घाइते

विद्यालयमा चट्याङ पर्दा लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई शिक्षिकासहित नौजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ चैत्र २०७७
  • 4.8K
    Shares

चट्याङ , janasanchar

लमजुङको क्वहोलासोथार गाँउपालिका– ४ स्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा चट्याङ पर्दा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षिका सहित नौ जना घाइते भएका छन्।

त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा मंगलबार १५ :५० बजे चट्याङ पर्दा सोही बिद्यालयमा अध्ययनरत क्वहोलासोथार गाउँपालिका– ४ भुजुङका १८ वर्षे विनोद विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार दिउँसो चट्याङ पर्दा नौजना विद्यार्थी र दुई शिक्षिका घाइते भएका थिए । घाइते दुई जनालाइ तत्कालै हेलिकोप्टरबाट मनिपाल मेडिकल कलेज ल्याइएकोमा विकको मृत्यु  भएको हो।  थप उपचारका लागि पोखरा ल्याइएका घाइते छबिन्द्र गुरुङको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।  उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको पनि प्राप्त समाचारमा जनाइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार