मोटरसाइकल दुर्घटनामा युवा संघ पर्वतका गिरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवा संघ पर्वतका गिरीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ चैत्र २०७७
  • 20.1K
    Shares

माधव गिरी, madhab giri , janasanchar

मंगलवार दिउँसो पोखरामा भएको मोटरसाइकल दुर्घटनामा परेर नेकपा एमालेको भात्री संगठन  युवा संघ पर्वतका नेताको मृत्यु भएको छ।

पर्वतवाट पोखरा आउँदै गरेको ग १८ प ४८१४ नं. को मोटरसाइकल पोखरा महानगरपालिका वडा नम्बर १८ को पोखरा-सराङकोट सडक खण्ड स्थित गुम्बा नजिकै दुर्घटना हुँदा पर्वत कुस्मा -८ चुवाका ३२ वर्षीय माधव गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । युवा संघ पर्वतका नेता हुन्।  त्यही मोटरसाइकलको पछाडि सवार चुवाका ३२ वर्षीय गोविन्द गिरीको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ ।गोविन्दको अवस्थामा मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा गम्भीर घाइते भएका माधवलाई उपचारको लागि सहारा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरीक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार