भारतबाट मार्बल बोकेर तनहुँ सदरमुकाम दमौली आउँदै गरेको भारतीय ट्रकमा आगो लाग्दा ट्रक चालक र सहचालक दुवै जना घाइते भएका छन्दु।
आरजे १४ जिजे ७१२६ नम्बरको ट्रक सोमबार दिउँसो १२ः३० वजे तनहुँ व्यास नगरपालिका १२ घाँसीकुवा, जलविरेमा दुर्घटना भै आगलागी भएको हो। सो आगलागीमा ट्रक चालक भारतको उत्तरप्रदेश निवासी ४१ अशोककुमार राजपुत र सहचालक सोही ठाउँका वर्ष २८ का हरिन्द्रसिंह घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार, ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिने क्रममा आगलागी भएको हो र ट्रकको अघिल्लो भागमा आगोले बढी क्षति पुर्याएको छ। ट्रकमा लागेको आगोलाई व्यास नगरपालिकाको दमकलको सहायतमा निभाइएको प्रहरीले जानकारी दिएको छ।