बालिकालाई जबरजस्ती करणी गरी गर्भवती गराएको आरोपमा युवक स्याङ्जाबाट पक्राउ

बालिकालाई जबरजस्ती करणी गरी गर्भवती गराएको आरोपमा युवक स्याङ्जाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ चैत्र २०७७
  • 16.7K
    Shares

बालिकालाई जबरजस्ती करणी गरी गर्भवती, janasanchar

बालिकालाई जबरजस्ती करणी गरी गर्भवती गराएको आरोपमा प्रहरीले ३३ वर्षीय एक युवकलाई स्याङ्जाबाट पक्राउ गरेको छ।

बालिकालाई जबरजस्ती करणी गरी गर्भवती गराएको आरोपमा प्रहरीले स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ७ का ३३ वर्षीय भेलबहादुर थापालाइ पक्राउ गरेको हो।

स्थानिय १३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ परेका थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट पांच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार