जन्ती भोज खान गएका बालकको शब १८ दिनपछि खेतमा गाडिएको अवस्थामा भेटियो

जन्ती भोज खान गएका बालकको शब १८ दिनपछि खेतमा गाडिएको अवस्थामा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ चैत्र २०७७
  • 19K
    Shares

जन्ती जाँदा बेपत्ता भएका १४ वर्षीय बालकको शब् गाडिएको अवस्थामा १८ दिनपछि भेटिएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित गाउँमै आएको जन्तीमा भोज खान गएका बाराको भलुही निवासी जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेन मियाँ मन्सुरीको शब जन्ती भोज खाएको भन्दा झन्डै दुई किलोमिटर पर खेतमा गाडिएको अवस्थामा फेला परेको हो। उनी परवानीपुरस्थित ज्ञानसागर एकेडेमी स्कुलमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थी हुन्।

फागुन ११ गते रातिको करीब ११ बजेदेखि हराएका बालकको शब खेतमा खाल्टो खनेर गाडिएको तर एउटा खुट्टा पुरिएको र अर्को खुट्टा बाहिर निस्किएको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।  बालकको शब फेला परेकों सुचना पाएर घटनास्थल पुगेको प्रहरी टोलीले शब सडेगलेको अवस्थामा फेला परेको थियो।  त्यसपछि आवश्यक अनुसन्धानका लागि प्रहरीले प्रादेशिक प्रहरी कार्यालय बर्दिवासको डग शाखाबाट झिकाइएको तालिम प्राप्त कुकुर परिचालन गरेको थियो। तर प्रहरीले खासै सुराक दिन नसकेपछि प्रहरीले अनुसन्धानका अन्य बिधि शुरु गरेको प्रहरीले जानकारी दिएको छ।

बालकका बुवा जाकिर हुसेनले भोज खान आफूसँगै छोरालाई लिएर गएकोमा छोराले खाना खानमा ढिलो गरेपछि त्यही छोडेर घर फर्किएको तर, छोरा घर फर्केर नआएपछि आफूहरु खोजी कार्यमा लागेको बताए ।

यता जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले कपडाको आधारमा बालकको परिवारले शवको पहिचान गरिएको बताउँदै भने, ‘शवको प्रकृति हेरि जाँच मुचुल्का तयार गरि गाउँघरमा बुझ्ने कार्य भइरहेको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने र दोषीलाई चाँडै पत्ता लगाएर कानूनी कारवाहीको दायरामा ल्याइनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार