छिमेकीलाई अपहरण गरी फिरौती लिने अपहरणकारी १० वर्षपछि पक्राउ

छिमेकीलाई अपहरण गरी फिरौती लिने अपहरणकारी १० वर्षपछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 6.3K
    Shares

janasanchar, भोलेन्द्र यादव

अपहरण गरी १३ लाख रुपियाँ असुलेर भागेका एक जना अपहरणकारीलाई प्रहरीले १० वर्षपछी पक्राउ गरेको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादवलाई प्रहरीले १० वर्षपछि उनकै घरबाट पक्राउ गरेको हो।

निज यादब र उनको समुहले छिमेकी युवक बरही वीरपुर गाविस– ५ का १७ बर्षीय सञ्जीवकुमार साहलाई २०६७ साल कात्तिक २६ गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेर १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएको प्रहरीले जानकारी दिएको छ।

सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहका अनुसार, उनीहरुले परिवारका सदस्यसँग ५० लाख रुपैयाँ फिरौती माग गरेकामा युवकको परिवारका सदस्यले १३ लाख ५ हजार रुपैयाँ फिरौती बुझाएका थिए।  तर फिरौती बुझाए पनि अपहरित युवक सञ्जीवकुमार साह हालसम्म बेपत्ता छन् ।

अपहरणसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ साल भदौ १५ गते यादवलाई नौ बर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार