जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिँदा कांग्रेसका नेता मल्लको निधन

जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिँदा कांग्रेसका नेता मल्लको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 20K
    Shares

jayakarna malla , janasanchar ,सवारी दुर्घटना

सवारी दुर्घटनामा परेर मुगुको सोरु गाउँपालिकाका कांग्रेसका नेता जयकर्ण मल्लको निधन भएको छ ।

बाँके कोहोलरस्थित पिपलचोकमा जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा बुधबार राति ९ बजेतिर भे १ क ११०० नम्बरको ट्रकले ठक्कर दिँदा ३७ वर्षीय मल्लको घटनास्थलमै निधन भएको कांग्रेस जिल्ला कार्यसमितिका पार्टी सभापति खड्गबहादुर शाहीले बताए ।

सोरु गाउँपालिका–११ धैनकोट गाउँ निवासी मल्ल एक जना बिरामी गाउँलेको उपचार गर्न नेपालगञ्ज झरेका बेला ट्रक दुर्घटनामा मृत्यु भएको शाहीले जनाए । चालक र ट्रक प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

नेपाली कांग्रेस मुगु जिल्ला कार्यसमितिले एक वर्षअघि मल्ललाई सोरु गाउँपालिकाको सभापति चयन गरेको थियो ।

बिहीबार बिहान नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले ट्रक चालकलाई कडा कानुनी कारबाहीसहित क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । १३ दिनसम्म पार्टी कार्यालयको झन्डा झुकाइने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार