स्कुल बसले स्कुटरलाई ठक्कर दिंदा पोखरामा एक जनाको मृत्यु, ठक्कर दिने स्कुल बस भाग्यो

स्कुल बसले स्कुटरलाई ठक्कर दिंदा पोखरामा एक जनाको मृत्यु, ठक्कर दिने स्कुल बस भाग्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ फाल्गुन २०७७
  • 39.7K
    Shares

स्कुल बसले स्कुटरलाई ठक्कर दियो

पोखरामा आज बिहान स्कुल बसले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने ठक्कर दिने बस भागेको छ।

प्रहरीका अनुसार, पोखरा ७ बुलौदीमा आइतबार बिहान नम्बर नखुलेको स्कूल बसले ग ५ प ८३६४ नम्बरको  स्कुटरलाई ठक्कर दिएको थियो।  सो ठक्करबाट स्कुटरका चालक धनकुटा सहिद भूमि गाउँपालिका घर भई हाल पोखरा ६ लेकसाइड बस्दै आएका ४७ बर्षिय जितबहादुर राईको मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिएपछि स्कुल बस भागेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार