पोखराको भलाम-मौजा कच्ची सडक खण्डमा फेरी अर्को एक मजदुर मृत भेटिए

पोखराको भलाम-मौजा कच्ची सडक खण्डमा फेरी अर्को एक मजदुर मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 11.4K
    Shares

पोखरा महानगरपालिका वडा नम्बर २० स्थित भलाम-मौजा कच्ची सडक खण्डमा फेरी अर्को एक मजदुर मृत भेटिएका छन्।

दाङ जिल्ला लमही घर भएका ३५/३६ वर्षको नन्दु घर्ती भलाम-मौजा कच्ची सडक खण्डको निर्माणाधीन नालामा मृ’त भेटिएका हुन्। उनी सोही बाटोमा नालाको निर्माण गर्ने मजदुरको रुपमा कार्यरत रहेको बताइएको छ।

उक्त घटनाको बारेमा सुचना प्राप्त हुनासाथ प्र’हरी टोलि खटिएर घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी पर्देशका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

स्मरण रहोस, सोही निर्माणाधीन सडकमा जाली भर्ने क्रममा गएको वर्ष ढिस्को भत्किएर गत वर्ष तीन जना मजदुरको मृत्यु भएको थियो भने अर्को एक घटनामा अर्का एक मजदुरको गत वर्ष हत्या भएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार