डोजरले फालेको माटोले पुरिएर महिलाको मृत्यु

डोजरले फालेको माटोले पुरिएर महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ फाल्गुन २०७७
  • 21.1K
    Shares

माटोको ढिस्कोले पुरिएर मृत्यु

उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी–१ की ४५ वर्षीया सरस्वती कुमाल हुन् । सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्ने क्रममा महिला पुरिएको जिल्ला प्रहरी कार्यालयका धादिङले जनाएको छ । शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार