अपहरण गरेर फिरौतीबापत मोटो रकम माग गर्ने तीन जना विराटनगरबाट पक्राउ

अपहरण गरेर फिरौतीबापत मोटो रकम माग गर्ने तीन जना विराटनगरबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ फाल्गुन २०७७
  • 12.8K
    Shares

अपहरण गरेर फिरौतीबापत मोटो रकम माग गर्ने तीन जना

परिवारका सदस्यलाई अपहरण गरी मोटो रकम माग गर्ने तीन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका-६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार, उनीहरुले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१८ निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबार दिउँसो करिब १ः३० बजे अपहरण गरी बन्धक बनाएका थिए।  उनीहरुले फिरौतीका रुपमा परिवारजनसंग १० लाख फिरौती माग गरेको बताइएको छ।

प्रहरीले बन्धक बनाइएका सुभाषलाई २ घण्टाभित्र नै सकुशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिए ।

पक्राउ परेका तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार