तनहुँको सदरमुकाम दमौली नजिक मोटरसाइकल दुर्घटना : एक युवाको मृत्यु, अर्की युवती गम्भीर घाइते

तनहुँको सदरमुकाम दमौली नजिक मोटरसाइकल दुर्घटना : एक युवाको मृत्यु, अर्की युवती गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ फाल्गुन २०७७
  • 15.4K
    Shares

तनहुँको सदरमुकाम दमौली नजिक शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ भने अर्की एक युवती गम्भीर घाइते भएकी छिन।

मोटरसाइकल दुर्घटनामा परेर व्यास २ मालेबगर बस्ने बर्ष २२ का विवेक थापा मगरको मृत्यु भएको हो भने २० वर्षीया रजनी गुरुङ गम्भीर घाइते भएकी छिन।

दमौलीबाट घाँसिकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल व्यास २ बुल्दी पुलस्थित सडकमा पल्टिदा घाइते भएका मोटरसाइकल चालक विवेक थापा मगरको मृत्यु भएको हो।  टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी गम्भीर घाइते बनेकी मोटरसाइकलको पछाडी सवार रजनी गुरुङको रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल बढी गतिमा रहेको र सडक चिप्लो भएकाले चिप्लेर दुर्घटना भएको आशंका गरिएको छ ।

व्यास २ बुल्दी पुल
व्यास २ बुल्दी पुल

 

प्रतिक्रिया
सम्बन्धित समाचार