कैलालीका व्यवसायी रानाको एकाबिहानै धारिलो हतियार प्रहार गरी हत्या

कैलालीका व्यवसायी रानाको एकाबिहानै धारिलो हतियार प्रहार गरी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ फाल्गुन २०७७
  • 51.9K
    Shares

कैलालीका व्यवसायी रानाको एकाबिहानै धारिलो हतियार प्रहार गरी हत्या

कैलालीको गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका एक व्यवसायीको आज बिहान हत्या भएको छ।

गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका ३५ वर्षीय शिव चरण रानाको आज बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।  उनको शब गोदावरी नगरपालिका-५ गेटामा शनिबार बिहानै फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले मृतक रानाको टाउकोमा चोट देखिएको जानकारी दिए।

मृत अवस्थामा फेला परेका गोदावरी नगरपालिका–५ का शिवचरण राना ‘भैँसी दुहुन’ पसलबाट घरतर्फ फर्किरहेको मौका छोपेर हत्या गरिएको आशंका गरिएको छ। राना दैनिक बिहान ‘भैँसी दुहुन’ घर फर्किने गरेका थिए। स्थानीयकाअनुसार उनी सधै बिहान ४ बजेको समयमा ‘भैँसी दुहुन’ घर जाने गरेका थिए।

सोही मौका छोपेर रानाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हुनसक्ने भन्दै स्थानीयले घटनाको निष्पक्ष छानविनको माग समेत गरेका छन्।

राना मृत भेटिएकै स्थानमा उनी सवार साइकल समेत फेला परेको थियो। घटनाको अनुसन्धानका लागि अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली खटिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार