कक्षा २ मा पढ्ने १० वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

कक्षा २ मा पढ्ने १० वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० फाल्गुन २०७७
  • 5.9K
    Shares

कक्षा २ मा पढ्ने १० वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौस्थित भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक ४२ वर्षीय देवीलाल भट्टलाई फागुन ९ गते पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

उनले फागुन ८ गते सुस्त मनस्थिति भएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले पक्राउ गरेको बताइएको छ। पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते डडेल्धुरा अस्पतालमा गरिएको छ ।

आरोपित शिक्षक भट्टलाई प्रहरी निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा गएको प्रहरी टोलीले फागुन ९ गते पक्राउ गरी गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते डडेल्धुरा अस्पतालमा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार