मोटरसाइकल दुर्घटनामा ग्लोबल आइएमई बैंकका शाखा प्रमुखको मृत्यु

मोटरसाइकल दुर्घटनामा ग्लोबल आइएमई बैंकका शाखा प्रमुखको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ फाल्गुन २०७७
  • 3K
    Shares

दुर्घटनामा ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु

पूर्वपश्चिम राजमार्गको मेचीनगर १३ मा रहेको झापाको चारआलीमा मोटरसाइकल दुर्घटना परेर ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको ज्यान गएको छ ।

शुक्रवार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए । घाइते आचार्यको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा रहेका दुई जना घाइते भएर उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार