प्रहरी नियन्त्रणमा रहेका थुनुवा वैदेशिक रोजगार विभागको कार्यालयबाट भागे

प्रहरी नियन्त्रणमा रहेका थुनुवा वैदेशिक रोजगार विभागको कार्यालयबाट भागे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ फाल्गुन २०७७
  • 7.3K
    Shares

प्रहरीको नियन्त्रणबाट फरार

विदेश लैजाने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति प्रहरीको नियन्त्रणबाट भागेका छन्।

गोरखा अजिरकोट घर भएका सन्तोष सदा शंकर शुक्रवार साँझ काठमाण्डौको बुद्धनगरस्थित बैदेशिक रोजगार विभागबाट प्रहरीको घेरा तोडेर भागेका हुन् ।

महानगरीय अपराध महाशाखाको टोलीले गोरखा अजिरकोटका सन्तोषलाई पक्रेर बानेश्वर प्रहरीको हिरासतमा राखेको थियो ।  वैदेशिक रोजगार अन्तरगत ठगी मुद्दा दर्ता गर्न बैदेशिक रोजगार विभाग पुर्याइएका सदाशंकर  शुक्रवार प्रहरीको घेरा तोडेर भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

विभागले म्याद थप गरेर पत्रसहित प्रहरीलाई थुनुवा जिम्मा लगाएपछि थुनुवा प्रहरीको घेरा तोडेर भागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।  उनको खोजी भैरहेको पनि प्रहरीले दाबी गरिरहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार