विश्वको १०० प्रभावशाली महिला सपना रोका मगरलाई अभद्र ब्यबहार गर्ने बिनयजंग पक्राउ

विश्वको १०० प्रभावशाली महिला सपना रोका मगरलाई अभद्र ब्यबहार गर्ने बिनयजंग पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ फाल्गुन २०७७
  • 9.2K
    Shares

बिनायाजंग बस्नेत र सपना रोका मगर

विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरललाई अभद्र ब्यबहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।

काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका बस्नेतविरुद्ध मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् । त्यसक्रममा उनीहरुबीच तिक्तता आएपछि गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार