ग्यास बोकेको बुलेटले ठक्कर दिएको मोटरसाइकल कारमा ठोक्किदा किशोरीको घटनास्थलमा नै मृत्यु

ग्यास बोकेको बुलेटले ठक्कर दिएको मोटरसाइकल कारमा ठोक्किदा किशोरीको घटनास्थलमा नै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ फाल्गुन २०७७
  • 3.9K
    Shares

आँबुखैरेनीमा दुर्घटना

तनहुँको आँबुखैरेनीमा भएको सवारी दुर्घटनामा परेर १७ वर्षीय एक किशोरीको घटनास्थलमा नै मृत्यु भएको छ।  सो दुर्घटनामा लम्जुङ मध्यनेपाल न.पा ६ भोर्लेटार निवासी १७ वर्षीया अन्बेसा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

उनी सवार ना.१९ प ९२४ नम्बरको मोटरसाइकललाई एन एल ०२ एन २९८६ नम्बरको ग्यास बोकेको बुलेटले ठक्कर दिएपछि ग.३ च २०८४ नम्बरको कारमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

घटनामा ग्यास बुलेट चालक भारत बिहार प्रदेश पुजारा जिल्ला बस्ने बर्ष ३० को पंकज कुमार, ना.१९ प ९२४ नम्बरको मोटरसाइकल चालक: जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं ४ बस्ने बर्ष ५१ को युवराज घिमिरे घाइते छन् ।
यसैगरी,ग.३ च २०८४ नम्बरको चालक:-जिल्ला स्याङजा चापाकोट न.पा ८ बगैचा बस्ने बर्ष ३७ को श्रीराम घिमिरे पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार