मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु, हवल्दार लामा घाइते

मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु, हवल्दार लामा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ फाल्गुन २०७७
  • 7K
    Shares

मोटरसाइकल दुर्घटना

रसुवामा शुक्रवार बेलुकी मोटरसाइकल दुर्घटनामा परेर एक जना प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन जिल्ला साविक बेथौली–५ घरभई रसुवा जिल्लाकोअस्थाई प्रहरी चौकी ग्राङमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर अर्याल रहेका छन् ।

सोही दुर्घटनामा परेर घाइते भएका प्रहरी हवल्दार राजेन्द्र लामाको हाल पाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

रसुवाको कालीका गाउँपालिका–१, राम्चेबाट अस्थायी प्रहरी चौकी ग्राङ फर्कने क्रममा उनीहरु चढेको प्रदेश-३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल राम्चेस्थित सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार