अबैध रुपमा ड्रोन क्यामेरा उडाउदै गरेका अमेरिकी नागरिकसहित तीन नेपाली पक्राउ

अबैध रुपमा ड्रोन क्यामेरा उडाउदै गरेका अमेरिकी नागरिकसहित तीन नेपाली पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० माघ २०७७
  • 9.1K
    Shares

ड्रोन

अबैध रुपमा ड्रोंन उडाउदै गरेका एक बिदेशीसहित तीन जना पक्राउ परेका छन्।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका —१ मुक्तिनाथमा ड्रोन क्यामेरा उडाउँदै गरेका अमेरिकी नागरिक वर्ष २८ का जेम्स राईसहित तीन जना पक्राउ परेका हुन्।

संयुक्त राज्य अमेरिकाको पोसपोर्ट नम्बर ५९८९२२०४५ बोकेका जेम्स राई ३० दिनको भिसा लिई नेपाल आएका उनलाई सामान्य सोधपुछ पछि छाडिएको ल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशीष अधिकारीले जानकारी दिए ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणमा दर्ता बिना र संरक्षित क्षेत्रमा स्थानीय प्रशासनको अनुमति बेगर मानवरहित हवाई उपकरण ड्रोन क्यामेरा उडाउन नपाइने कानूनी ब्यबस्था छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले राईले प्रयोगको ७५० ग्राम वजनको मानवरहित हवाई उपकरण ड्रोन जफत गरेर बिहीबार नागरिक उड्ड्यन कार्यालय जोमसोमलाई बुझाएको छ ।

उनीहरुले मुक्तिनाथ दर्शन गर्ने क्रममा मनोरञ्जनका लागि ड्रोन उडाएको प्रहरी समक्ष बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार