भाइले बोकेको भरुवा बन्दुक पड्किदा दाजुको मृत्यु, सुर्य पक्राउ

भाइले बोकेको भरुवा बन्दुक पड्किदा दाजुको मृत्यु, सुर्य पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ माघ २०७७
  • 9.2K
    Shares

बन्दुक प्रहार

दाङमा भाइले बोकेको भरुवा बन्दुक पड्किदा दाजुको मृत्यु भएको छ।

गढवा गाउँपलिका–२ तिरतिरे डाँडा निवासी ४० वर्षीय इन्द्रबहादुर रानाको आफ्नै भाइले बोकेको भरुवा बन्दुक पड्किदा मृत्यु भएको हो।

दाझुभाई मिलेर तिरतिरे डाँडास्थित जङ्गलमा शिकार खेल्न गएकोमा भाइ २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किँदा दाजु इन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोबरडियाबाट खटिएको प्रहरीटोलीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । सांकेतिक फोटो

प्रतिक्रिया
सम्बन्धित समाचार