यात्रीलाई झुक्याउने २१ सवारी साधनलाई कारबाही

यात्रीलाई झुक्याउने २१ सवारी साधनलाई कारबाही


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ माघ २०७७
  • 72K
    Shares

यात्रीलाई झुक्याउने २१ सवारी साधनलाई कारबाही

यात्रीलाई झुक्याउने प्लेट राख्ने २१ सवारी साधनलाई तनहुँ ट्राफिकले कारबाही गरेको छ।

तनहुँस्थित पृथ्वी राजमार्गका विभिन्न युनिटबाट गरिएको चेकका क्रममा ४० बसको चेकजाँच गर्दा २१ ब्सको प्लेट हटाएको हो।

नजाने ठाउँमा जाने भनेर प्लेट राख्दै भ्रम श्रृजना गर्ने २१ सवारी साधनको प्लेट हटाएर कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रेशम रानाभाटले जानकारी दिए । यसक्रममा ट्राफिकले १९ वटा सवारी साधनहरूको कागज पत्र नियन्त्रण लिएको छ । उनीहरुको बोर्डहरू समेत जफत गरिएको ट्राफिकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार