नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बाग्लुङ जिल्ला इन्चार्ज छम सेन र सामना परिवारका कलाकार सरल माझीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टीको कामको सिलसिलामा बागलुङमा सामान्य अवस्थामा रहेको बेला जिल्लाको खज्र्याङबाट उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।
सेन पुराना नेता हुन् भने माझी सामना परिवारका कलाकार हुन् । उनीहरुको गिरफ्तार बारे प्रहरीले जानकारी दिएको छैन ।
पछिल्लो पटक सरकारले बार्ताको हल्ला चलाएर बिद्रोही ने.क.पा.का नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको छ । केही दिन अगाडी ने.क.पा.का केन्द्रीय नेता धर्मेन्द्र बास्तोला सहित नेता कार्यकर्तालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो ।