सप्तरीमा प्रहरीले भरुवा बन्दुकसहित आइतबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नम्बर २ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डल छन् ।
उनीहरुलाई प्रहरीले आइतबार बिहान ४ बजेतिर एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सप्तरीका प्रवक्ता भुवनेश्वर साहका अनुसार, दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।