ट्याक्सीले ठक्कर दिँदा गोरखामा एक महिलाको मृत्यु

ट्याक्सीले ठक्कर दिँदा गोरखामा एक महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ माघ २०७७
  • 6.2K
    Shares

ट्याक्सी दुर्घटना

ट्याक्सीले ठक्कर दिँदा गोरखामा शुक्रबार बिहान एक महिलाको मृत्यु भएको छ । ट्याक्सीको ठक्करबाट गोरखा-८ ढुंगागाडे निवासी ५८ वर्षीया निरमाया थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, गोरखाबजारबाट बुङ्कोतर्फ जाँदै गरेको मनकामना प्रालिको उक्त नं को ट्याक्सीले गोरखा-आरुघाट सडक खण्ड अन्तरगत गोरखा नगरपालिका-८ ढुकुरेखोलामा पैदल हिडिरहेकी थापालाई शुक्रबार बिहान १०.०० बजे ठक्कर दिएको थियो। ट्याक्सीले ठक्कर दिई गम्भीर घाइते थापालाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको भएपनि चिकित्सकले १०.१० बजे नै मृत घोषणा गरेका थिए ।

प्रहरीले सवारी चालक र ट्याक्सीलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार