बैतडीको लवलेक जङ्गलमा किशोरीको बिभत्स हत्या

बैतडीको लवलेक जङ्गलमा किशोरीको बिभत्स हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ माघ २०७७
  • 10.2K
    Shares

भागरथी भट्ट

बैतडीको लवलेक जङ्गलमा १७ वर्षीय एक युवतीको बिभत्स तरीकाले हत्या गरेको अवस्थामा फेला परेको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट लवलेक जङ्गलमा बिहीबार बिभत्स तरीकाले हत्या गरेको अवस्थामा भेटिएकी हुन् । उनी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।

बुधबार घरबाट विद्यालय जान भनेर हिडेकी जानकी घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको बताइएको छ । सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथका अनुसार, उनको शरीरभरि निलडाम र घाउ रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन् ।

घटनाको विस्तृत अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार