बिगत १९ वर्षदेखि पोखराबाट प्रकाशन हुँदै आएको समाधान दैनिकको कार्यालयलाई बलमे उडाईदिने धम्की दिइएको छ।
आफुलाई ‘बिद्रोही ने.क.पा.को सैन्य दलको सदस्य हुँ’ भन्दै बुधबार विहान कार्यालयको ल्याण्ड लाइनमा फोन गरेर यस्तो धम्की दिइएको समाधान दैनिकले जनाएको छ।
समाधान मिडिया प्रालिबाट प्रकाशित समाधान राष्ट्रिय दैनिकका सम्पादक रामकृष्ण ज्ञवालीले दिएको जानकारी अनुसार, विहान करिब ११.३० बजे आफुलाई ‘बिद्रोही ने.क.पा.को सैन्य दलको सदस्य फिरोज भएको दाबी गर्दै फोनमा “प्रधान सम्पादक रामकृष्ण ज्ञवालीले मेरो फोन उठाएन, भन्दिनु कार्यालय बमले उडाईदिन सक्छौं ।’ भनेर धम्की दिइएको थियो।
फोन उठाउने कर्मचारीलाई उद्दृत गर्दै सम्पादक ज्ञवालीले त्यस व्यक्तिले’आफुहरुलाई मर्न र मार्न कुनै डर छैन भन्दै फोन राखेका थिए । उनको फोन आएको समयमा पत्रिकाको कार्यालयमा समाचार शाखाका कोही पनि उपस्थित थिएनन् ।
त्यस धम्कीयुक्त फोन आएपछि पत्रिका सम्पादक ज्ञवालीले कर्मचारीहरु डराएर आत्तिएको जानकारी दिए। सम्पादक ज्ञवालीले यस बारेमा बिद्रोही ने.क.पा.को विप्लब समुहको आधिकारिक व्यक्तीसंग बुझ्ने प्रयास भैरहेको जानकारी दिंदै बिचलित नहुन कर्मचारी र पत्रकारहरुलाई आग्रह गरेका छन् ।
यस सम्बन्धमा बिद्रोही ने.क.पा.ले अहिलेसम्म आधिकारिक रुपमा कुनै जानकारी सार्वजनिक गरेको छैन।