१० लाख रुपैयाँसहित खाती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

१० लाख रुपैयाँसहित खाती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ माघ २०७७
  • 14.2K
    Shares

१० लाख रुपैयाँसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कलंकीका आषिश खाती क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत दुबई जान लागेका उनले बोकेको ह्याण्ड ब्याग चेकजाँच गर्दा स्रोत नखुलेको तथा भन्सार उद्घोष नभएको १० लाख रुपैयाँ फेला परेको प्रहरीको भनाइ छ ।

उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार